Sunday, April 29, 2018

धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वाङ्मय परिषदको संयुक्त आयोजनामा धनगढी, कैलालीमा यही २०७५ साल  वैशाख १४ र १५ गते आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न भएको छ । स्थानिय कैलाली जनपुस्तकालयको सभाकक्षमा भएकोगोष्ठीको उद्घाटन प्रमुख  अतिथि सात प्रदेश नम्बर सातका माननीय सभामुख अर्जुन बहादुर  थापाले गरेका थिए । समारोहमा प्रदेश नम्बर सातका आन्तरिक मामिलाएवम् कानूनमन्त्री प्रकाशबहादुर  शाहको विशिष्ट आतिथ्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख  मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमुख  नर्मदेश्वरी सत्यालको महत्वपूर्ण  उपस्थिति रहेको थियो । पहिलो दिनकोकार्यक्रममा उदघाटन समारोह, कार्यपत्र प्रस्तुति , स्रष्टा सम्मान एवम् रचना वाचनको कार्यक्रम रहेको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा.  डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहको सञ्चालन सचिव योगराज आचार्यले एवम् अन्य समारोहको सञ्चालन महासचिव बाबुराम  आचार्यले गरेका थिए । 

उदघाटन समारोहमा मन्तव्य दिने क्रममा प्रमुख  अतिथि अर्जुन बहादुर  थापाले सुदुर पश्चिमको साहित्यिक चिन्तन पौराणिक कालदेखि विकास हुँदै आएको, यस क्षेत्रका विभिन्न स्रष्टाले योगदान दिँदै आएको सन्दर्भका साथै आफ्नो लेखनगत जीवनका बारेमा प्रकाश पारेका थिए । उनले प्रदेश सरकार यस क्षेत्रको भाषासाहित्य, कला संस्कृतिका क्षेत्रमा कार्य गर्न प्रतिबद्ध रहेको र यसका लागि सबैले सहयोग गर्नुपर्ने विचार राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख  मातृका पोखरेलले यस क्षेत्रका स्रष्टाले नेपाली आख्यानका साथै नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको सन्दर्भको प्रस्तुतिका साथै नेपाल प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रलाई महत्वपूर्ण साहित्यिककेन्द्रको रुपमा हेरेको बताउनु  भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमूख नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा
प्रतिष्ठानले बालसाहित्यको कामलाई महत्व दिएको र सुदुर पश्चिम  क्षेत्रमा रहेका गलत चिन्तन एवम् कुरीति हटाएको खण्डमा नेपाली समाज एवम् साहित्य क्षेत्रमा महत्वपूर्ण फडको मार्ने दृष्टिकोण प्रस्तुत गर्नुभयो  । कार्यक्रममा सुदुर  पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, सुदुर  पश्चिमाञ्चल कला प्रतिष्ठानका सचिव गुणाकर पनेरुले शुभकामना दिएका थिए ।

सुदुर  पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, कैलाली जनपुस्तकालयका उपाध्यक्ष डा. टिएन जोशी किशोर, दलित साहित्य सोपानका
अध्यक्ष गणेश नेपाली,  सुदुर  पश्चिमाञ्चल कला प्रतिष्ठानका सचिव गुणाकर पनेरु, विद्यार्थी साहित्यप्रतिष्ठानका अध्यक्ष तोयनाथ भट्ट, महाकाली गजल प्रतिष्ठानका अध्यक्ष कविराज भट्ट,वरिष्ठ स्रष्टा मनिराज जोशी, यज्ञराज यात्री, वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारी तथा साहित्यकार हेमन्ती जोशी, गगनसिंह ऐर, केदारप्रसाद आचार्य, कैलाली जनपुस्तकालयका अध्यक्ष उमाकान्त जोशी, चर्चित लोकदेउडा गायक ध्वजबहादुर महरा, सुप  साहित्य समाजका महासचिव हरिकृष्ण कडायत लगायत १०० जनाको हाराहारीमा स्रष्टाहरूको उपस्थिति रहेको थियो । यस समारोहमा स्रष्टा अर्जुन बहादुर  थापा र  जनक रसिकलाई वि.स. २०७४ सालको नेपाली वाङ्मय प्रतिभा सम्मान वितरण गरिएको थियो । प्रदेशका माननीय सभामुख स्रष्टा थापालाई दर्शन एवम् सीद्धान्तसँग सम्बन्धित कृतिका माध्यमबट समाज रुपान्तरणमा सहयोग पुर्याउनु  भएकोमा नेपाली वाङ्मय साधना सम्मानबाट प्रदेश नम्बर सातका माननीय मन्त्री प्रकाशबहादुर शाह एवम् सभाध्यक्षले, त्यसैगरि स्रष्टा जनक रसिकलाई प्रमुख  अतिथि माननीय सभामुख अर्जुन बहादुर थापाले नेपाली वाङ्मय प्रतिभा सम्मान २०७४ बाट सम्मानित गरेका थिए । यस गोष्ठीमा 'नेपाली लघुकथामा अभिव्यक्त बालपात्र' शिर्षकमा डा. पुष्करराज भट्टले एवम् सुदुर  पश्चिमाञ्चलको आख्यान साहित्यको अवस्था, प्रवृति एवम् चुनौती विषयमा जनक रसिकले कार्यपत्र प्रस्तुत  गरेका थिए । यस समारोहमा सुदुर  पश्चिमका चर्चित देउडा गायक ध्वजबहादुर महरा, सुप साहित्य समाजका महासचिव हरिकृष्ण कडायत एवम् देउडा गायक सुरेन्द्र संगमलेदेउडा गीतका माध्यमबाट मनोरञ्जन गराएका थिए । कार्यक्रममा प्रस्तुत  गरिएका कार्यपत्र माथि स्रष्टा मेघनाथ खनाल बन्धु  एवम् धर्मराज जोशीले टिप्पणी
गर्नुभएको थियो । यस समारोहमा पदम स्मृति अवस्थी, पुष्पा जोशी, पवित्रा जोशी, बसन्त विक,  हेमन्ती जोशी, सिद्धनारायण आचार्य, तेजराज कापडी, युगीन विवेक,कविराज भट्ट, तिलकबहाडुर सिंह,  रोजी सिंह, यमराज जोशी, अम्बिका भण्डारी, केवी लिसानी, स७३घढसरेन्द्र संगम, लक्षीराम आचार्य, चक्र चनारा, योगराज आचार्य, केदारप्रसाद आचार्य एवम् गोकर्ण अवस्थी लगायत दुई  दर्जन भन्दा बढी स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन बिहान ११ बजेदेखि कार्यक्रम प्रारम्भ भयो । सो कार्यक्रममा बालसाहित्य लेखन कार्यशाला गोष्ठी एवम् बालसाहित्य रचना वाचन
कार्यक्रम सम्पन्न भयो । दोस्रो दिनको कार्यक्रमको अध्यक्षता नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टले एवम् सञ्चालन महासचिव बाबुराम आचार्य एवम्को षाध्यक्ष तिलकबहादुर सिंहले गरेका थिए । यस समारोहमा आख्यान लेखनका बारेमा योगराज आचार्य एवम् जनक रसिक, कविता काव्य लेखनका बारेमा मेघनाथ खनाल, कविराज भट्ट एवम् तीर्थराज भट्टले प्रशिक्षणका साथै सहजिकरण गरेका थिए । कैलाली जिल्लाका विभिन्न विद्यालयबाट उपस्थित ६० जना विद्यार्थाीका साथै अन्य साहित्यकारले समेत समारोहमा भाग लिएका थिए । कार्यक्रमको अन्त्यमा प्राज्ञ नर्मदेश्वरी सत्यालले सहभागी विद्यार्थी एवम् प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उनले यो कार्यक्रमको सञ्चालनमा देखिएको सहभागिताले आफूलाई खुसि  लागेको र नेपाली बालसाहित्यको लेखनमा यस क्षेत्रका स्रष्टाले महत्वपूर्ण योगदान दिने कुरामा आफू  विश्वस्त भएको विचार राख्नु भयो  ।

कार्यक्रमको अन्त्यमा बालबालिका एवम् अन्य लेखकले आफ्ना रचना वाचन गरेका थिए ।
































































































































































No comments:

Post a Comment